back
NMB ad

४ हजार शिक्षकको तलब निकासा

Kumari bank ad

काठमाडौं । तनहुँका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको तलब निकासा भएको छ। हरेक चौमासिकमा आउनुपर्ने तलब दुई साताअघि नै निकासा हुनुपर्ने भए पनि रोकिँदै आएको थियो।

स्थानीय तहमार्फत तलब निकासा गर्ने निकाय कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्रमुख नभएको तथा स्थानीय तहबाट आवश्यक विवरण नआएको भन्दै रोक्का भएको थियो। स्थानीय तहले कोलेनिकाबाट निकासा नपाएको कारण देखाउँदै दशैँको बिदा सुरु हुनै लाग्दा पनि शिक्षकलाई तलब दिएका थिएनन।

यससम्बन्धी अन्नपूर्ण अनलाईनमा खबर प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको निर्देशनलगत्तै कोलेनिकाले शुक्रबार सबै तहमा निकासा पठाएको हो।

कार्यालयले स्थानीय तहबाट यस अघि महालेखा नियन्त्रकको कार्यालयले माग गरेको विवरण नआउनुलाई पनि निकासा रोक्नुको कारण भनेको थियो।

तर, प्रजिअको निर्देशन पछि सबै तहमा रकम निकासा भएको नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष आरसी पोख्रेलले बताए। ‘तपाईँहरूको खबरले दबाबकारी भूमिका खेल्यो,’ उनले भने, ‘बिदा सुरु हुन लाग्दा पनि तलब आउलाजस्तो थिएन।’

यसअघि नयाँ सरुवा भएर आएका प्रमुख किशोरकुमार श्रेष्ठ पारिवारिक कारणबाट कार्यालय आउन नसकेपछि निमित्त प्रमुख धर्र्म बस्यालले विवरण बुझाएका कार्यालयका हकमा पनि प्रमुख र आफ्नो संयुक्त खाता भएका कारण निकासा दिन नसकिने बताएका थिए। प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि भने बस्यालले महालेखा नियन्त्रकको कार्यालयसँग अनुमति मागेर निकासा दिएका छन।

‘मैले प्रमुखज्यू र केन्द्रबाट पनि अनुमति लिएर निकासा गरेको छु,’ उनले भने। उनले सबै तहको रकम निकासा भएको जानकारी दिँदै आईतबारसम्म शिक्षकको खातामा जाने बताए। ३३ सय शिक्षक तथा झण्डै ३ सय बढी विद्यालय कर्मचारी तलब निकासा नहुँदा समस्यामा परेका थिए। -अन्नपुर्णपोष्ट बाट

२०७६ असोज १० गते प्रकाशित

वि.सं.२०७६ असोज १० शुक्रवार २०:१८ मा प्रकाशित

You can share this post!

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...