back
NMB ad

१७ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी, दशैँ अघि नै यी बैंकले दिदैँ छन सेयरधनीलाई लाभांश

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत २७ मध्ये १७ वटा वाणिज्य बैङ्कहरुले सेयरधनीहरुलाई दिने लाभांश घोषणा गर्न बाँकी छ । १० ओटा वाणिज्य बैङ्कहरुले सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरिसकेका छन ।

सिटिजन्स र एनआईसी एसिया बैङ्कले शुक्रबार साधारणसभा गरेर सेयरधनीलाई लिने लाभांश पारित गरेका छन । सिटिजन्स र एनआईसी एसिया लाभांश वितरण गर्ने पहिलो बैङ्क भएका छन । सेयरधनीले दशैअघि नै लाभांश पाउने भएका छन ।

गत वर्ष धेरै लाभांश दिने नविल, नेपाल इन्भेष्टमेन्टलगायत १७ बैङ्कहरुले लाभांश घोषणा गर्न बाँकी छ । कृषि विकास, नेपाल बैङ्क, ग्लोबल आइएमई, स्ट्याण्डर्ड चाटर्ड, नेपाल एसबीआई, एभरेष्ट, हिमालयन, प्राइम कर्म्र्शियल, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी), सिभिल, प्रभु, लक्ष्मी, सेन्चुरी कर्म्र्शियल, एनएमबी र नेपाल बंगलादेश बैङ्कहरुले लाभांश घोषणा गरेका छैन ।

लाभांश प्रस्ताव गर्ने सिटिजन्स, सानिमा, जनता, माछापुच्छ्रे, सनराइज, सिद्धार्थ, कुमारी, एनआइसी एसिया, बैङ्क अफ काठमाडु र मेगा बैङ्क रहेका छन् । राष्ट्रिय वाणिज्य बैङ्कमा सर्वसाधारणको लगानी नभएकाले नेप्सेमा सुचिकृत छैन ।

प्रस्ताव गर्ने मध्ये सबैभन्दा बढी लाभांश सिद्धार्थ बैङ्कको छ । सिद्धार्थले सेयरधनीलाई नगद र बोनस सेयर गरी २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सिद्धार्थले चुत्तापुँजीको १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बोनस सेयर वितरणपछि चुक्ता पूँजी ९ अर्ब ७६ करोड रुपैयाँ पुग्ने सिद्धार्थले जनाएको छ ।

सबैभन्दा कम लाभांश कुमारीको छ । कुमारीले १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । जनताले ६ प्रतिशन बोनस र ६ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।

६ प्रतिशत बोनस सेयर दिएपछि जनताको चुँक्तापूँजी ८ अर्ब ४८ करोड रुपैयाँ पुग्ने छ । जनता ग्लोबल आइएमइसँग मर्ज हुन लागेको छ ।
एनआईसी एसियाले २१ प्रतिशतले हुन आउने १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६२१ रुपैयाँ लाभांश वितरण गर्नेछ ।

साधारण सभाले १० प्रतिशतका दरले हुन आउने ८८ करोड ३४ लाख २२ हजार रुपैयाँको बोनस सेयर र ११ प्रतिशत हुन आउने ९७ करोड ६४ लाख १४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैङ्कको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

२०७६ असोज ११ गते प्रकाशित

वि.सं.२०७६ असोज ११ शनिवार ११:३५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...