back
NMB ad

फेरि आकासियो प्याजको मूल्य, प्रतिकिलो कति ?

Kumari bank ad

काठमाडौं । दशैं पर्वको मुखमै प्याजको मूल्य आकासिएको छ । अधिकांश खानाका परिकारमा अत्यावश्यक प्याजको मूल्य एकाएक बृद्धि भएपछि माग घटेको छ ।

मूल्यवृद्धि भएसँगै बजारमा प्याजको माग घटेको छ । दैनिक २० टन बिक्री हुने प्याज अहिले पाँच टनमा झरेको छ। भारतमा यस वर्ष प्याज उत्पादनमा आएको कमीले नेपालमा असर परेको हो ।

भारतमा ढिलो गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यबृद्धि भएको बताइएको छ । ‘वर्षाले भारतमा ठूलो मात्रामा प्याज खेती नष्ट भएको छ,’ प्याज आयातकर्ता एवं अम्बे इन्टरनेशनलका सञ्चालक मोहन बानियाँले भन्नुभयो, ‘जसको असर मूल्यमा परेको हो । अहिले आयात भइरहेको प्याज पुरानो स्टक हो’ ।

भदौदेखि प्याजको मूल्यबृद्धि हुन सुरु भएको थियो । प्याज व्यापारीका अनुसार साउनमा प्याजको थोक मूल्य प्रतिकिलो २५ रुपैयाँ थियो ।भदौमा ४० रुपैयाँ पुग्यो।

असोज लगत्तै प्याजको मूल्य ह्वात्तै बढेर ९५ रुपैयाँ प्रतिकिलो पुगेको छ । तर, सर्वसाधारणको भान्सासम्म पुग्दा प्रतिकिलो एकसय २० देखि ३० सम्म पर्ने गरेको छ । -अन्नपूर्ण पोस्टमा खबर प्रकाशित छ ।

२०७६ असोज १२ गते प्रकाशित

वि.सं.२०७६ असोज १२ आइतवार ०७:३४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...