धादिङको निलकण्ठमा बस दुर्घटना, घाईतेहरुको धादिङ अस्पतालमा उपचार हुँदै

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेसीका लागि छुटेको बा ४ ख ५७९३ नम्बरको बस आईतबार विहान दुर्घटना भएको छ ।

धादिङको निलकण्ठ नगरपालिका १३ केरौजामा आज विहान ८.३० वजे दुर्घटना हुंदा बसमा सवार पाँच जना घाईते भएका छन ।

दुर्घटनामा नेत्रावती डबजोङ ५ का ५८ बर्षिय दल बहादुर तामाङ र सोही ठाउँ बस्ने ६९ बर्षिया हस्त कुमारी तामाङ गम्भीर घाईते भएका हुन् ।

घटनामा सोही स्थानकी २० बर्षिया लक्ष्मी गुरुङ,४५ बर्षका चन्द परियार, ६० बर्षकी शान्तमाया गुरुङ घाईते भएका छन । घाईतेहरु सबैको उद्धार गरि जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।

बस अत्याधिक गतिमा रहेको अनियन्त्रि भई सडक बाट करिव एक सय मिटर तल पुगेको स्थानीयले जानकारी दिए । बसका चालक र सह चालक दुर्घटना पछि फरार रहेको र उनिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

२०७६ असोज १२ गते प्रकाशित

२०७६ असोज १२ गते १२:३१ मा प्रकाशित

You can share this post!

साताको पहिलो दिन घट्यो सुनको भाउ, प्रतितोला कति सस्तियो ?

रद्द भएको शिक्षक लाइलेन्ससको भयो पुनः परीक्षाको मिति तय

Related posts