back
NMB ad

जापान रोजगारीः अब गोलाप्रथाबाटै जान पाइने ! यस्तो छ प्रकृया

Kumari bank ad

काठमाडौं । एकैचोटि ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापानले नेपालबाट कामदार लैजान सुरुमा चिट्ठा हाल्ने भएको छ । चिट्ठा अर्थात गोलाप्रथाबाट छानिने १ हजार इच्छुक कामदारले भाषा परीक्षा दिन पाउने भएका हुन ।

जापान फाउन्डेसनले यसअघि ‘फस्ट कम फस्ट प्रायोरिटी’लाई आधार मानेर सुरुमा आवेदन भर्ने १ हजारलाई भाषा परीक्षा दिन पाउने व्यवस्थाको तयारी गरेको थियो । तर अहिले त्यसलाई परिवर्तन गर्दै गोलाप्रथाबाट छानिने १ हजारलाई भाषा परीक्षा दिन पाउने मौका दिएको हो ।

जापान जान खोज्ने युवाको भाषा र सीप परीक्षण तथा अन्य व्यवस्थापकीय कामका लागि जापानी दूतावासले जापान फाउन्डेसनलाई जिम्मेवारी दिएको छ ।

परीक्षामा गोलाप्रथाबाट छानिन सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म फर्म भर्नु पर्नेछ । त्यसपछि गोलाप्रथाबाट छानिएका हजार जनालाई फाउन्डेसनले इमेल गर्नेछ ।

परीक्षा दिनका लागि छानिएका १ हजार जनाको अक्टोबर २७ देखि २९ सम्म पहिलो चरणमा तथा नोभेम्बर ५ देखि ७ मा दोस्रो र नोभेम्बर १२ देखि १४ सम्म तेस्रो चरणको भाषा परीक्षा हुनेछ ।

परीक्षामा ६० प्रतिशत भन्दा बढी प्राप्तांक ल्याउनेलाई मात्रै पास गरिने र उनीहरु कामदारका रुपमा जापान जान पाउनेछन ।

२०७६ असोज १३ गते प्रकाशित

वि.सं.२०७६ असोज १३ सोमवार ०९:०१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...