back
NMB ad

नेपाल प्रहरीमा थपियो ३ हजार ५ सय ९६ दरबन्दी

Kumari bank ad

काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप गर्ने निर्णय गरेको छ । गत मंगलबार बसेको बैठकले उक्त दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

सरकारले प्रशासनतर्फ दुई प्रहरी वरिष्ठ उपरीक्षक र प्राविधिक तर्फ एक जना एसएसपी थप गर्ने निर्णय गरेको छ । सरकारले उक्त दरबन्दी दुई चरणमा थप गर्ने निर्णय गरेको छ ।

थपिने दरबन्दीमा प्राविधिकसहित ४ प्रहरी उपरीक्षक, २१ प्रहरी नायब उपरीक्षक, ४७ प्रहरी निरीक्षक, ८६ प्रहरी नायब निरीक्षक, २ सय ९७ प्रहरी सहायक निरीक्षक, ६ सय ८३ प्रहरी हबल्दार, २ हजार २ सय १६ प्रहरी जवान र २ सय ३९ प्रहरी कार्यालय सहयोगी रहेका छन ।

प्रशासनतर्फ दुई एसएसपीको दरबन्दी थपिएपछि रिक्त एसएसपीको पद ४ पुगेको छ । एसएसपी विश्वराज पोखरेलको डीआईजीमा बढुवा भएपछि रिक्त एक र एसएसपी शरदकुमार खत्रीले अवकाश पाएपछि रिक्त एकसमेत गरी चार पद खाली हुने भएको हो ।

२०७६ असोज १३ गते प्रकाशित

वि.सं.२०७६ असोज १३ सोमवार ०९:२९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...