दशैँ लागेसंगै सुनको मुल्य ओराली यात्रामा

काठमाडौं । दशैंको मुखमा सुनको भाउ घटेको हो । नेपाली बजारमा सोमवार सनुको मुल्य प्रतितोला ७० हजार भएको छ ।
सुनचाँदी व्यावसायी महासंघले सोमबारको लागि सुनको मूल्य घटेको जनाएको छ ।

आइतबार प्रतितोला ७० हजार २ सय रहेको सुनको मूल्य आज २ सय रुपैयाँ घटेको छ । यस्तै, सोमबारको लागि तेजावी सुनको मूल्य ६९ हजार ७ सय निर्धारण गरिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर ८ सय ४० पुगेको छ ।अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेपछि नेपाली बजारमा पनि ओरालो लागेको छ ।

अहिले अन्तराष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १४ सय ९३ अमेरिकी डलर पुगेको छ ।

२०७६ असोज १३ गते प्रकाशित

२०७६ असोज १३ गते ११:२९ मा प्रकाशित

You can share this post!

जेष्ठ नागरिकका लागि निशूल्क स्वास्थ्य परीक्षण शिविर

एनआइसी एशिया ग्रोथ फन्डले पठायो नगद लाभांश

Related posts