back
NMB ad

प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप असोज अन्तिम साता, यस्तो छ तयारी

Kumari bank ad

बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिका र राइजिङ युवा क्लबको संयुक्त आयोजनामा प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप तथा पूर्णीमा मेला आयोजना हुने भएको छ ।

आयोजकले असोज १२ गते आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबको १७औं वार्षिकात्सवको अवसरमा ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता आयोजना गर्न लागेको हो ।

नेपालीहरुको महानपर्व दशैको कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना हुने मेलामा पुरुष र महिला नगरपालिकास्तरीय मेयर रनिङ शिलड भलिबल प्रतियोगिता, रस्सा कस्सा, महिला र पुरुष छेलो, जिल्ला स्तरीय खुल्ला ब्याडमिन्ट प्रतियोगिता र जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो च्याम्पियनसिप आयोजना हुनेछ ।

यसबाहेक खुल्ला एकल नृत्य, सामुहिम नृत्य, पञ्चेबाजाका साथै कृषि प्रदर्शनी, सराय नाँच र विविभ झाँकी प्रदर्शन हुने क्लबका अध्यक्ष सोम बहादुर पौ.वी.ले जानकारी गराउनुभयो ।

प्रतियोतिमा १६ भन्दा बढी टोलीको सहभागिता रहे नकआउट र १६ भन्दा कम रहे लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने अन्तर्राष्ट्रिय रेफ्री कुल बहादुर रानाले जानकारी गराए । रनिङ गोल्डकप २३ असोजबाट २ कात्तिकसम्म सञ्चालन हुनेछ ।

भलिबलतर्फको पुरुषतर्फको विजेताले स्वर्णजडित कपसँगै १ लाखर रुपैया हात पार्नेछ । दोस्रोले ६० हजार रुपैया हात पार्नेछ । महिलाको विजोले ६० हजार र उपविजेताले ४० हजार पाउनेछ ।

त्यस्तै रस्सा कस्साको विजेताले १५ हजार र दोस्रो हुनेले १० हजार पाउनेछ । पुरुष र महिला छेलो विजेताले १० हजार तथा दोस्रोले ५ हजार पाउनेछ ।

तेक्वान्दोको विजेताले २० हजार दोस्रोले १५ हजार पाउनेछ । ब्याडमिन्टनको पुरुष डबल्स ‘ए’ को विजेताले २५ हजार, दोस्रोले १५ हजार तेस्रो हुनेले समान ३–३ हजार पाउनेछ ।

पुरुष डबल्स् ‘बी’ ले २० हजार, दोस्रोले १२ हजार र तेस्रोले समान २–२ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित लाग ३६ लाख रुपैयाँ रहेको छ ।

२०७६ असोज १३ गते प्रकाशित

वि.सं.२०७६ असोज १३ सोमवार १३:२३ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...