back
NMB ad

अब छिट्टै भिखारीमुक्त नेपाल घोषणा गरिन्छः प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै सडक मानवमुक्त घोषणा गरिने बताउनुभएको छ । सडकमा कोही अलपत्र परेको देखे सामाजिक संघसस्थासँग मिलेर सरकारले उद्दार गर्ने उहाँले बताउनुभयो ।

उहाँले सडकमा कोही बेसहारा देखिए खबर गर्न आग्रह गर्नुभयो । सरकारले बेसहरा नागरिकलाई उचित व्यवस्था गर्ने बताउँदै प्रधानमन्त्री ओलीले देशलाई छिट्टै भिखारीमुक्त घोषणा गरिने बताउनुभयो ।

खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले भन्नुभयो, ‘जनताप्रति उत्तरदायी हुने, जनतालाई अमानवीय अवस्थामा रहन नदिन सरकार छ । अब छिट्टै सडक मानवमुक्त, भिखारीमुक्त देश घोषणा गर्नेछौं ।’

प्रधानमन्त्री ओलीले देशमा केही पनि भएको छैन भनेर निराशा फैलाउने काम भएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

विकास निर्माणको कामलाई सरकारले तीव्रता दिए पनि ती कामहरूको चर्चा नभएको उहाँको भनाई छ । ‘केही मानिसहरूले केही पनि भएको छैन भनेर निराशा फैलाउन खोजे, भएका कामहरूको चर्चा नगर्नु एकथरी प्रवृत्ति छ, उहाँले भन्नुभयो, ‘ नन इस्युलाई इस्यु बनाएर सरकारको विरोध मात्रै गर्ने सिलसिला चलाइएको छ।’

ओलीले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण गरिएको भन्दै सरकारले विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाका काम ठेकेदार भागेका कारण केही ढिलाइ भए पनि अब छिट्टै आयोजनाको काम सकिने उहाँले बताउनुभयो ।

२०७६ असोज १३ गते प्रकाशित

वि.सं.२०७६ असोज १३ सोमवार १६:०१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...