back
NMB ad

जनरल इन्सुरेन्सको ३० करोडको आइपीओका लागि बिक्री प्रबन्धक नियुक्त

Kumari bank ad

काठमाडौं । जनरल इन्सुरेन्स कम्पनीको ३० लाख कित्ता आइपीओ आउने भएको छ । आइपीओ बेच्न कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त समेत गरेको छ ।

जनरल इन्सुरेन्सले प्रति सेयर १०० रुपैयाँ दरको ३० करोड रुपैयाँको ३० लाख कित्ता आइपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो ।

जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक एस.के.टमोट र एनआइबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

जनरल इन्सुरेन्स कम्पनीको अधिकृत पूँजी २ अर्व रुपैयाँ, जारी पुँजी १ अर्व रुपैयाँ र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ ।
यस इन्सुरेन्सले जारी पुँजीको ३०५ सेयर सर्वसाधारणका लागि निष्कासन गर्नुपर्ने हुन्छ । आइपीओपछि कम्पनीको चक्ता पँुजी १ अर्व रुपैयाँ पुग्नेछ ।

बिमा समितिको निर्देशन बमोजिम कम्पनीले आइपीओ ल्याउन लागेको हो । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।

यस इन्सुरेन्सले आइपीओ जारी गर्ने पस्ताव साधारण सभाबाट पारित गरिसकेको छ । अब धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने हुन्छ ।

बोर्डबाट अुनमति पाएपछि निष्कासन गर्ने प्रक्रिया सुरु हुनेछ । जनरल इन्सुरेन्स नयाँ स्थापना भएको कम्पनी हो ।  कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं.१ हात्तीसार, काठमाण्डौंमा रहेको छ ।

यस्तै, कम्पनीको ३७ वटा शाखा कार्यालय र १० तेश्रोपक्ष बिमा काउन्टर मार्फत बिमा सेवा प्रदान गर्दै आएको छ ।

२०७६ असोज १४ गते प्रकाशित

वि.सं.२०७६ असोज १४ मंगलवार १२:४० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...