back
NMB ad

महँगी भत्तासहित सरकारी कर्मचारीलाई थप सुविधा दिने, हेर्नुहोस् ! यस्ता छन नयाँ योजना

Kumari bank ad

काठमाडौं । कर्मचारी अभाव झेल्दै आएको कर्णाली सरकारले प्रदेशमा आउने कर्मचारीलाई थप सुविधा दिने तयारी गरेको छ ।

कर्मचारीको छनोटमा कर्णाली नपरेपछि प्रदेश सरकारले थप सुविधासहित कर्मचारीलाई आकर्षित गर्ने तयारी गरेको कर्णाली प्रमुख सचिव केवलप्रसाद भण्डारीले बताउनुभयो ।

कर्मचारी अभावका कारण वर्षेनी सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका समस्या परेको छ । कर्मचारीलाई आकर्षित गर्न नयाँ योजना ल्याउन लागेको उहाँले बताउनुभयो ।

कर्मचारीको थप सेवाका लागि कर्णालीका १० जिल्लालाई चार भागमा वर्गीकरण गरिएको छ । त्यसैअनुसार थप सुविधाको योजना ल्यानइने प्रमुख सचिव भण्डारीले बताउनुभयो ।

पहिलोमा हुम्ला, दोस्रोमा डोल्पा, मुगु, जुम्ला र कालिकोट, तेस्रोमा दैलेख, सल्यान, जाजरकोट र पश्चिम (रुकुम) तथा चौथोमा सुर्खेतलाई वर्गीकरण गरिएको छ । त्यही वर्गीकरणअनुसार सरकारी कर्मचारीलाई महँगी भत्ताको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

कर्णालीका १० जिल्लामा स्थापना गरिने प्रदेश सरकारका एक सय ५९ कार्यालयका लागि दुई हजार पाँच सय ५५ कर्मचारीको दरबन्दी सिर्जना गरिएको छ ।

त्यस्तै, संघीय सरकारले स्वीकृत गरेको एक हजार नौ सय ९२ जनाको दरबन्दीमा पनि एक हजार एक सय कर्मचारी मात्र कर्णालीमा आएका छन । जसले गर्दा चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि समस्या भएको छ ।

अब कर्णाली आउने कर्मचारीलाई थप महँगी भत्ता प्रदान गरिने प्रमुख सचिव भण्डारील बताउनुभयो । ‘जिल्ला वर्गीकरणअनुसार प्रदेश सरकारले थप सुविधा प्रदान गर्नेछ,’ उहाँले भन्नुभयो ।

२०७६ असोज १४ गते प्रकाशित

वि.सं.२०७६ असोज १४ मंगलवार १४:५३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...