बागलुङ । गलकोट स्वास्थ्य संस्थाले नियमित रुपमा गर्भ परीक्षण गर्न आउनेलाई भत्ता दिन थालेको छ । स्वास्थ्य संस्थाले गत वर्षदेखि यस्तो भत्ता दिन थालेको हो ।
स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराउने महिलाले विभिन्न पटक गरी ६ हजार रुपैयाँ पाउने गरेका छन । महिलाले चार पटक गर्भ परीक्षण गरेपछि एक चोटीको १ हजार ५ सय रुपैयाँको दरले भत्ता पाउँछन ।
नगरपालिकाले कोसेली नाम दिएको छ । नगरप्रमुख भरत शर्माले स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनको लागि प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको बताउनुभयो । कान्तिपुरमा समाचार छ ।
२०७६ असोज १५ गते प्रकाशित
वि.सं.२०७६ असोज १५ बुधवार ०८:२२ मा प्रकाशित