back
NMB ad

दसैँमा लगानीकर्तालाई कति लाभांश ? युनिलिभरको ७७०%, अन्यको कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । हिन्दूहरूको महान चाड दसैँ नजिकिँदै छ । केही लगानीकर्ता दसैँ खर्च जुटाउन दोस्रो बजारमा सेयर बिक्री गरिरहेका छन् भने केही लगानीकर्ता कम्पनीहरूले वितरण गरेको लाभांश संकलन गरिरहेका छन ।

नेप्सेमा सूचीकृत कम्पनीमध्ये ५४ कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन् । तीमध्ये केही कम्पनीले साधारणसभाबाट लाभांश पारित पनि गरिसकेका छन ।

मंगलबारसम्म १२ वाणिज्य बैंक, ३० लघुवित्त कम्पनी, ८ म्युचुअल फन्ड, २ उत्पादनमूलक कम्पनी, १ होटेल र १ फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका हुन ।

लाभांश घोषणा गरेका ८ म्युचुअल फन्डले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेका छन् भने केही म्युचुअल फन्डले लाभांश लगानीकर्ताको बैंक खातामा समेत जम्मा गरिसकेका छन ।

त्यसैगरी, लाभांश घोषणा गर्ने १२ वाणिज्य बैंकमध्ये तीनवटाले साधारणसभा सम्पन्न गरिसकेका छन् । एनआइसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेसनलले असोज १० गते साधारणसभा गरेका थिए भने कुमारी बैंकले असोज ११ गते गर्यो ।

यी तीनवटै बैंकले दसैँअघि लगानीकर्तालाई लाभांश वितरण गर्ने तयारी गरेका छन । एनआइसीले गत आवको मुनाफाबाट २१ दशमलव शून्य ५ प्रतिशत, सिटिजन्स बैैंकले १५ प्रतिशत र कुमारीले १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्नेछन ।

हालसम्म उच्च लाभांश घोषणा गर्ने कम्पनी युनिलिभर नेपाल छ । सो कम्पनीले लगानीकर्तालाई ७ सय ७० प्रतिशत अर्थात् प्रतिकित्ता ७ सय ७० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सो लाभांश पारित गर्न कम्पनीले कात्तिक ७ गते साधारणसभा आयोजना गर्ने भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २२ गतेदेखि कात्तिक ७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

त्यसैगरी, नेसनल माइक्रो फाइनान्सले ७५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ८० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

लाभांश प्रस्ताव पारित गर्न अन्य ६ कम्पनीहरूले साधारणसभाको मिति तय गरिसकेका छन । (समाचार/फोटो नयाँ पत्रिबाट साभार)

२०७६ असोज १४ गते प्रकाशित

वि.सं.२०७६ असोज १५ बुधवार १०:४३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...