back
NMB ad

नेपाललाई बुद्धराष्ट्र बनाउन अभियान चलाउनेहरुको माग, नेपाल हिन्दूराष्ट्र कायम हुनुपर्ने

Kumari bank ad

काठमाण्डौं । बुद्ध शान्ति पार्क निर्माण अभियानले दशैंको अवसरमा शुभकामना आदान–प्रदान तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा विशेष कार्यक्रमको आयोजना गरेर अभियानले समाजमा विशिष्ट योगदान पुर्याएका पूर्व सांसद नानीमैयाँ दाहाल, समाजसेवी नानीछोरी महर्जन, समाजसेवी शंकर पौडेल र समाजसेवी दानकाजी शाक्यलाई सम्मानपत्रसहित सम्मान गरेको हो ।
आध्यात्मिक गुरु भोलेनाथ बाबा लिला चौलागाँईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

चौलागाईँले नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने बताए । बुद्ध शान्ति पार्क निर्माण अभियानको भूमिका प्रशंसनीय रहेको सुनाउँदै अभियानले नेपाललाई हिन्दूराष्ट्र कायम गर्नपनि उल्लेख्य योगदान पुर्याउने उनको विश्वास छ ।
त्यस्तै, कार्यक्रममा अर्का अध्यात्मिक गुरु विष्णु आचार्यले नेपाललाई अब हिन्दूराष्ट्र पूर्नस्थापना गर्नको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

सम्मानित हुनेहरुमध्येबाट पूर्व सांसद नानीमैया दाहालले राष्ट्र रुपान्तरणमा सबैले योगदान पुर्याउनुपर्नेमा जोड दिएकी थिईन् । अभियानलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहनेपनि विश्वास दिलाईन् ।

कार्यक्रममा अभियानका अध्यक्ष शान्तबहादुर शाक्यले अभियानको उद्देश्यबारे प्रकाश पारेका थिए । उनले अभियानको मुख्य उद्देश्य भनेको गाउँ, शहर, टोल, बस्ती नगर तथा आम नेपालीको मन, आत्मा र घरघरमा बुद्धको आदर्शलाई स्थापित गर्नु रहेको सुनाए । उनले भने,‘यीनै उद्देश्य प्राप्तिको लागि यस संस्थाले देशैभरि सार्वजनिक बुद्ध पार्क तथा ध्यान केन्द्र स्थापना गर्नको लागि महाअभियान सुरु गरिसकेको छ ।’
कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव सुरेश बस्यालले गरेका हुन् ।

बस्यालले नेपाललाई बुद्ध राष्ट्र बनाउनुपर्ने बताउँदै भने,‘त्यसको लागि बुद्धको दर्शनलाई घर घरमा पुर्याउनुपर्छ । हामी अहिले यही अभियानमा जुटेका छौं ।’

२०७६ असोज १५ गते प्रकाशित

वि.सं.२०७६ असोज १५ बुधवार १३:०१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...