back
NMB ad

समायोजनले कर्मचारीलाई बेहालः दशैँमा घर जानु कि ! मन्त्रालय धाउनु ?

Kumari bank ad

काठमाडौं । कर्मचारी समायोजनको सकस झेल्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दशैँका बेला पनि कर्मचारीको चाप घटेको छैन ।

पछिल्लो दुई तीन दिनदेखि स्वास्थ्य मन्त्रालयमा कर्मचारीको भिड लागेको हो। दशैँको मुखमै विभिन्न जिल्लाबाट स्वास्थ्यकर्मी सकायोजनमा आफूलाई परेको अप्ठ्यारो सुनुवाइ हुने आशमा मन्त्रालय धाइरहेका छन ।

पहिले अनमी ,अहेव र एचएका चौथो पाचौँ, छैटौँ र सातौ तहसम्मका स्वास्थ्यकर्मीको समायोजन भद्रगोल भएको थियो । त्यसपछि स्वास्थ्य र सामान्य प्रशासन मन्त्रालयले समायोजन बिग्रिएका स्वास्थ्यकर्मीसँग निवेदन मागी सच्याउने प्रतिवद्धता जनायो ।

तर, दुई महिनापछि पुन उस्तै गरी नै विवरण प्रकाशित गर्यो । पहिले गुनासा दिएकाको समस्या सुल्झिनको सट्टा झनै बल्झियो ।

स्वास्थ्य मन्त्रालयले उनीहरुसँग फेरि गुनासो भए निवेदन दिन सूचना जारी गरेको छ। त्यसपछि गुनासो दर्ता गराउन मन्त्रालय आउने स्वास्थ्यकर्मीको मेला नै लाग्ने गरेको हो।

मन्त्रालय परिसर गुनासो दर्ता र पत्र लिन आएका स्वास्थ्यकर्मीले भरिभराऊ छ ।  दशैँको मुखमा राजधानी आउनुपर्ने बाध्य बनाएको भन्दै कतिपयले मन्त्रालयका अधिकारीविरुद्ध चर्को असन्तुष्टि पोखेका छन ।

समायोजनमा भएको गुनासो बोकेर मंगलबार विभिन्न जिल्लाबाट मन्त्रायलमा धाउन बाध्य भएका हुन । समायोजनले १८ हजार कर्मचारीलाई बेहाल बनाएको छ, अधिकांश स्वास्थ्यकर्मी पत्र पाए पनि आफूहरुलाई पायक नपरेको गुनासो बोकेर मन्त्रालयमा पुगेका छन ।

मन्त्रालयले समायोजनमा भएको गुनासो दर्ता गर्न केही दिनअघि मात्र सूचना जारी गरेको थियो । आगामी १७ गतेसम्म गुनासो दर्ता गर्न पाइने भएपछि मन्त्रालयमा गुनासो लिएर आउनेको संख्याका कारण मन्त्रालयमा स्वास्थ्यकर्मीको भिड देखिन्छ ।

मन्त्रालयले गत असोज १३ गते हेल्थ इन्सपेक्सन समूह अन्तगर्तको अहेब, सीअहेब र सीअहेब र अधिकृतको समायोजन सूची सार्वजनिक गरेको थियो । यो समाचरा र तस्विर थाहा खबरबाट साभार गरिएको हो ।

२०७६ असोज १५ गते प्रकाशित

 

वि.सं.२०७६ असोज १५ बुधवार १७:५२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...