back
NMB ad

फेरि खुल्यो विभिन्न तहमा सरकारी जागिर, (विज्ञापनसहित)

Kumari bank ad

काठमाडौं । सरकारले विभिन्न पदमा जागिर खानेहरुको लागि सुनौलो अवसर सृजना गरेको छ । गण्डकी प्रदेशले भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका निकायहरुमा बुधबार ८८ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले पाँचौँ तह तथा सातौँ तहसम्मका प्राविधिक कर्मचारी करारमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । मन्त्रालयले इन्जिरसिभिल, इन्जिरसिभिल (बी एन्ड आर) र इन्जिर हा.जि. तर्फ पदपूर्ति गर्न लागेको हो ।

मन्त्रालयले पाँचौँ तहअन्तर्गत ल्याब टेक्निसियन ६, असिस्टेन्ट हा.जि. (इन्जिर हा.जि) १, सबइन्जिनियर (इन्जिरसिभिल–बी एन्ड आर) ७ र सबइन्जिनियर, इन्जिरसिभिल ३७ माग गरेको छ ।

यी पदका लागि उम्मेदवारले सम्बन्धित विषयमा कम्तिमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ । असिस्टेन्ट हा.जि.का लागि भने जियोलोजी विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै सातौँ तहअन्तर्गत हाइड्रोजियोलोजिस्ट १, इन्जिनियर (इन्जिरसिभिल–बी एन्ड आर) ८ र इन्जिनियर ९इन्जिरसिभिल० २८ जना माग गरिएको छ ।

यी पदका लागि सम्बन्धित विषयमा स्नातक गरेको हुनुपर्नेछ भने हाइड्रोजियोलोजिस्ट पदका लागि जियोलोजी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

सातौँ र पाँचौँ तहका लागि उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

उम्मेदवारले लोकसेवा आयोगको वेबसाइटबाट फारम डाउनलोड गरी भर्न सक्नेछन् । दरखास्त दिने अन्तिम मिति कात्तिक ५ गतेसम्म तोकिएको छ ।मन्त्रालयले लिखित परीक्षाको मिति पनि तय गरेको छ ।

जसअनुसार सातौँ तहको इन्जिनियर (इन्जिरसिभिल) र हाइड्रोजियोलोजिस्ट पदका लागि कात्तिक १९ गते, सातौँ तहको इन्जिनियर (इन्जिरसिभिल–बी एन्ड आर) र पाँचौँ तहको असिस्टेन्ड हा.जि. पदका लागि कात्तिक २० गते, त्यस्तै पाँचौँ तहको सबइन्जिनियर (इन्जिरसिभिल), सबइन्जिनियर (इन्जिरसिभिल–बी एन्ड आर) र ल्याब टेक्निसियन पदको परीक्षा क्रमशः कात्तिक २१, २२ र २३ गते तोकिएको छ । सबै परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

२०७६ असोज १६ गते प्रकाशित

वि.सं.२०७६ असोज १६ बिहीवार ०८:४५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...