शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरि सेञ्चुरी बैंकको सञ्चालक भएका श्रेष्ठले दिए राजिनामा

काठमाडौं । सेञ्चुरी बैंकका सञ्चालक लक्ष्मण कुमार श्रेष्ठले राजिनामा दिएका छन । शैक्षिक योग्यताको नक्कली प्रमाण पत्र प्रकरण थप विवादित बन्दै गएपछि पदबाट राजिनामा दिएका हुन ।

श्रेष्ठले स्नातक तहको लागि विहारको एक कलेजको नक्कली सर्टिफिकेट पेश गरेका थिए । श्रेष्ठ सेञ्चुरी बैंकको दुई कार्यकालदेखि सञ्चालकमा रहँदै आएका थिए ।

नक्कली प्रमाणपत्र पेश गरेर बैंक सञ्चालक हुनुलाई अपराध मानिन्छ । सञ्चालक श्रेष्ठको नक्कली प्रमाण पत्रको बारेमा सञ्चालकहरुबीच खटपट देखिएपछि उनले राजिनामा दिएको बैं स्रोतले जानकारी दिएको छ ।

२०७६ असोज १६ गते प्रकाशित

 

२०७६ असोज १६ गते १४:०० मा प्रकाशित

You can share this post!

महरा र शाहि दुबैमाथि अनुसन्धान

एक दर्जन बैंक मर्जर प्रक्रियामा, विकास बैंकको अस्तित्व मेटिँदै

Related posts