शिक्षकको दशैँ उधारो, विद्यालयले खाता रोक्का गरेपछि आएन तलब

काठमाडौं । विद्यालयको खाता रोक्का गरेपछि शिक्षकलाई दशैं मान्न समस्या भएको छ । खाता रोक्का भएपछि तलब नआउँदा शिक्षक हरुको दशैँ उधारो बनेको छ ।

जिुम्लाको चन्दननाथ नगरपालिकाले ४ विद्यालयको खाता रोक्का गरेको छ । नगरपालिकाले अनामनगरस्थित कर्णाली मावि, चदननाथ नमूना मावि, रत्नचण्डेश्वर मावि र धुपीढुक्कीस्थित भैरव माविको खाता रोक्का गरेको हो ।

नगरपालिकाले ती विद्यालयले नगरको निर्देशन अनुसार व्यवस्थापन समिति गठन नगरेको कारण खाता रोक्का गर्नुपरेको जनाएको छ । राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

२०७६ असोज १७ गते प्रकाशित

२०७६ असोज १७ गते ०८:०२ मा प्रकाशित

You can share this post!

दुई बैंकको १ करोड ४१ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत, हेर्नुहोस् ! कसको कति ?

'फोर–जी' ३७ जिल्लाका ६० सहरमा

Related posts