काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले शुक्रवार (असोज १७ गते) देखि ६० प्रतिशत हकप्रद जारी गर्न लागेको छ । कम्पनीले असोज ५ गतेसम्मका शेयरधनीहरुका लागि उक्त हकप्रद जारी गर्न लागेको हो ।
हकप्रद प्रयोजनका लागि असोज ६ गते बुक क्लोज भएकाले असोज ५ गतेसम्म कायम सदस्यहरुले मात्र आवेदन दिन सक्नेछन । कम्पनीले १० बराबर ६ को अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर विक्री गर्नेछ ।
कात्तिक २१ गतेसम्म विक्रीमा रहने यो हकप्रद विक्री प्रबन्धकको जिम्वेवारी सनराइज क्यापिटल लिमिटेडलाई दिइएको छ । हाल रू. ४६ करोड ७ लाख ८२ हजार चुक्तापूँजी रहेको यस कम्पनीको ६० प्रतिशत हकप्रदपछि रू. ७३ करोड ७२ लाख ५१ हजार पुग्नेछ । हकप्रद पश्चात संस्थापकतर्फ ६० र सर्वसाधारण तर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
यस हकप्रदलाई इक्रा नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । गत आवमा कम्पनीले रू. १५ करोड ५८ लाख ६५ हजार नाफा गरेको छ । उक्त वर्ष कम्पनीले रू.१५ करोड ७३ लाख ३ हजार नाफा गर्ने प्रक्षेपण गरेको थियो ।
२०७६ असोज १७ गते प्रकाशित
वि.सं.२०७६ असोज १७ शुक्रवार ०९:५० मा प्रकाशित