back
NMB ad

बजारको खोजीमा नेप्रप्रका प्रकाशन

Kumari bank ad

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न भाषाभाषीसहित एक दर्जन साहित्यिक पत्रिकाको प्रकाशन गरे पनि उचित बजार पाउन सकेको छैन ।

प्रतिष्ठानले विगतदेखि प्रकाशन भइरहेको र केही नयाँसहित गद्यप्रधान त्रैमासिक ‘समकालीन’, विज्ञसमीक्षित अर्धवार्षिक जर्नल ‘प्रज्ञा’, अनुसन्धानमूलक अर्धवार्षिक अङ्ग्रेजी जर्नल ‘जर्नल अफ नेप्लिज स्टडिज’, कविताप्रधान त्रैमासिक ‘कविता’, समाचारप्रधान त्रैमासिकको नियमित प्रकाशन गरिरहेको छ । यसैगरी, ‘प्रज्ञा गतिविधि’, बहुभाषिक अर्धवार्षिक ‘सयपत्री’, भाषाभाषीगत वार्षिक जर्नल तर्फ नेपाल भाषाको ‘थायमु’, मैथिली भाषाको ‘आँङन’, लिम्बू भाषाको ‘फक्ताङलुङ’, भोजपुरी भाषाको ‘महुआ’ र अर्धवार्षिक बालपत्रिका ‘बालप्रज्ञा’ प्रकाशित हुँदै आएको छ ।

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले ‘प्रज्ञा’लाई विज्ञ समीक्षित अर्धवार्षिक जर्नलका रुपमा परिमार्जन गरी प्रकाशन गरिएको र ‘प्रज्ञा गतिविधि’लाई स्तरीय तुल्याएको बताउनुभयो । विगतमा वितरणका लागि साझा प्रकाशनसँग सम्भौता भए पनि बिक्री वितरण चुस्त नभए पनि नयाँ बोलपत्र गरिएको हो । प्रतिष्ठानले यो वर्षमात्रै ५० भन्दा बढी कृतिको पनि प्रकाशन गरेको छ ।

उपाध्यायले प्रतिष्ठानका प्रकाशन र पत्रिकाको बिक्रीका लागि बोलपत्र आह्वान गर्दा समेत तोकिएको समयमा कुनै पनि कम्पनीले प्रस्ताव नदिएकाले यसबारे दशैँपछि नयाँ ढङ्गले सोचिने बताउनुभयो । रासस

२०७६ असोज १७ गते प्रकाशित

वि.सं.२०७६ असोज १७ शुक्रवार १२:०९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...