श्री इन्भेष्टमेन्टले १३% लाभांश दिने

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले १३% लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले २.३५% बोनस सेयर र १०.६५% नगद गरी कुल १३% लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।

हाल श्रीको चुक्ता पुँजी ८१ करोड रुपैयाँ छ । प्रस्तावित २.३५% बोनस सेयरपछि पुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

२०७६ असोज १७ गते प्रकाशित

२०७६ असोज १७ गते १२:३७ मा प्रकाशित

You can share this post!

बजारको खोजीमा नेप्रप्रका प्रकाशन

१२ करोड १२ लाख कित्ता बराबरको आइपिओ आउँदै

Related posts