back
NMB ad

यस्तो हुनुपर्छ चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमण

Kumari bank ad

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङपिङ भोलि नेपाल आउने तय भएसँगै सी को स्वागतार्थ गर्ने तयारी पुरा भएको छ । बिहीबार चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै सी को नेपाल भ्रमणको कार्यतालिका औपचारिक रुपमा सार्वजनिक गरेको थियो । यसका साथै सीको नेपाल भ्रमण चीनका लागि निकै महत्वपूर्ण रहेको समेत उल्लेख गरेको छ ।

भारत भ्रमणपछि शनिबार नेपाल आएर आइतबार स्वदेश फर्कने गरी भ्रमण तय भएको जनाइएको छ । यसअघि पटक पटक नेपाल भ्रमणको निमन्त्रणा गर्दा पनि नेपाल नआएका सी आफु दोस्रो पटक राष्ट्रपति भएको साढे ६ वर्ष पछि नेपाल आउन लागेका हुन् । यद्यपि उनी राष्ट्रपति भएपछि मात्रै नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनः, प्रधानमन्त्री केपी शर्मा ओली, तात्कालिन राष्ट्रपति रामवरण यादव, तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गरिसक्नुभएको छ ।

राष्ट्रपति भएको साढे ६ वर्षमा सीले ८९ पटक विदेश भ्रमण गरिसकेका छन् । चीनसँग सीमा जोडिएका १४ देशमध्ये म्यानमार र नेपाल बाहेकका १२ देशमा उनी पुगिसकेका छन् । जातीय रुपमा द्वन्द्वग्रस्त कंगो जस्तो मुलुकमा समेत सी ले भ्रमण गरिसेकका छन् । नेपालमा लामो समय चलेको द्धन्द्ध र त्यसपछि संंविधान जारी हुन नसक्दा भारतिय हस्तक्षेपले उत्पन्न समस्यामा यो भ्रमण भएको भए नेपालले राजनितिक संक्रमणका कारण लामो समय गुजार्नुपर्ने अवस्था नआउने विश्लेषण गर्ने गरेको पाइन्छ । २०१५ मा संविधान जारी पश्चात् ४ वर्ष र दुई तिहाई सहितको स्थिर सरकार बन्दै गर्दा समेत करिब २ वर्षसम्म उनको भ्रमण हुन नसक्नुलाई चिनियाँ उच्चस्तरीय भ्रमणका लागि नेपाल प्राथमिकतामा नपरेको भन्न सकिन्छ ।

यद्यपि बिहीबार चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीले चीनले नेपाललाई एकदमै ठूलो महत्व दिएको जनाएको छ । त्यसो त १० घण्टा मात्रै नेपालमा रहने गरी यसअघि तयार भएको भनिएको सीको भ्रमण तालिका दुई दिने बन्नुले यसलाई केही हदसम्म साबित गर्ने प्रयास गरेको छ । चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणलाई नेपालले द्विपक्षीय हित पूरा गर्ने अवसरको रुपमा सदुपयोग गर्न सक्नुपर्छ ।

२०७६ असोज २४ गते प्रकाशित

वि.सं.२०७६ असोज २४ शुक्रवार १२:१३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...