back
NMB ad

सिन्धुपाल्चोक दुर्घटना अपडेट : ५ शवको सनाखत, घाइतेहरुको हेलिकप्टरद्धारा उद्धार

Kumari bank ad

काठमाडौं । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सेनाको हेलिकोप्टर लिएर घटनास्थल पुगि घाइतेहरुको उद्धार गरेका हुन् । घटनास्थल दुलालको निर्वाचन क्षेत्र समेत हो ।

घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको बताइएको छ ।

बस दुर्घटनामा ११ जनाको मृत्यु भइसकेको छ । मृतक मध्ये हालसम्म पाँच जनाको पहिचना भएको छ ।सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेहरु मध्ये ५ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेको विवरण निम्नानुसार रहेको प्रहरीले जनाएको छ ।

१. हिरा श्रेष्ठ -इन्द्रावती गाउँपालिकका ९
२. विनोद लम्साल – इन्द्रावती गाउँपालिकका ९
३. रितेस आचार्य – इन्द्रावती गाउँपालिका
४. संगिता पुरकोटी – काभ्रे पाँचखाल र
५. बस चालक केदार महाजु -काभ्रे  रहेका छन् ।

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका-१० स्थित बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो ।

बसमा सवार ५० यात्रुमध्ये अधिकांश घाइते भएका छन् ,त्यसमध्ये केही गम्भीर घाइते भएका छन् । बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको बताइएको छ ।

२०७६ असोज २४ गते प्रकाशित

वि.सं.२०७६ असोज २४ शुक्रवार १३:४६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...