समता लघुवित्तको २०० प्रतिशत हकप्रद भोलिदेखि

काठमाडौं । समता लघुवित्त वित्तिय संस्था लिमिटेडको २०० प्रतिशत हकप्रद शेयरमा असोज २६ गतेदेखि आवेदन दिन सकिन्छ । कम्पनीले रू. १०० अंकित दरका ( १ : २ ) १ बराबर २ को अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हकप्रद शेयरमा भदौ ३१ गतेसम्मका कायम शेयरधनीहरुले आवेदन दिन सक्ने छन।  आवेदकहरुले हकप्रदमा मंसिर १ गतेसम्म आवेदन दिन सक्ने छन।

कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीको आईपीओको विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुले आईपोओ सि आश्वामा सदस्य भएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन।

कम्पनीको हाल चुक्तापूँजी रू. ६ करोड ६ लाख ७२ हजार रहेको छ । हकप्रद बाँडफाँट पछि पूँजी रू. १८ करोड २० लाख १६ पुग्नेछ । अघिल्लो आवमा रू. ७३ लाख ८५ हजार नाफा गरेको कम्पनीले गत आवमा रू. २ करोड ५७ लाख ९७ हजार नाफ कमाएको छ ।

कम्पनीले गत आवमा रू. ७९ लाख ३२ हजार खराब कर्जा संकलन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४२ दशमलव ३२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २३८ दशमलव ८७ रहेको छ ।

२०७६ असोज २६ गते प्रकाशित

२०७६ असोज २५ गते १६:३३ मा प्रकाशित

You can share this post!

राष्ट्रपति सीसँग रात्रिभोजमा यस्ता एजेण्डासहित सहभागी हुँदैछन यी व्यवसायी (नाम/सूचिसहित)

१५०% हकप्रद सेयर निष्काशनका लागि एनएमबीलाई अनुमति

Related posts