काठमाडौं । नेपाल र चीनबीच उच्चस्तरीय वार्ता सुरु भएको छ । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डलबीच वार्ता सुरु भएको हो ।
वार्तापछि विभिन्न १५ ओटा सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । होटल सोल्टीमा जारी वार्तामा आपसी हित र विभिन्न परियोजनाका बारेमा छलफल भइरहेको छ ।
२०७६ असोज २६ गते प्रकाशित
वि.सं.२०७६ असोज २६ आइतवार ११:२२ मा प्रकाशित