सीको नेपाल भ्रमणका क्रममा शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० जना पक्राउ

काठमाडौं । चीनका राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको भन्दै हालसम्म झण्डै ६० जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

तर मानवअधिकारकर्मीहरूले भने त्यसलाई संविधान र मानवअधिकार विपरित भन्दै ’निर्दोष’ मानिसलाई प्रक्राउ गरिएकोमा आपत्ति प्रकट गरेका छन ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विश्वराज पोखरेलका अनुसार राष्ट्रपति सीको भ्रमणलाई दृष्टिगत गरी प्रहरीले विभिन्न शंकास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा तिब्बती शरणार्थीलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
हालसम्म ६० जनालाई प्रकाउ गरिसकिएको छ । ती मध्ये २२ जनालाई सोधपुछ गरी छाडिएको छ भने बाँकी अन्य माथि अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ । -विविसी

२०७६ असोज २६ गते प्रकाशित

२०७६ असोज २६ गते १२:०४ मा प्रकाशित

You can share this post!

जापानमा हगिबास नामक आँधिको बितण्डा, यस्तो छ पछिल्लो स्थिति

नेकपाको चियापान असोज २९ मा

Related posts