back
NMB ad

२१.०५२% लाभांश पारित गर्न सानिमा बैंकको बुधबार एजिएम

Kumari bank ad

काठमाडौं । सानिमा बैंकको २१.०५२ प्रतिशत लाभांश पारित गर्न बुधबार (असोज २९ गते) साधारण सभा बोलाएको छ । बैंकले गत वर्षको नाफाबाट ११.०५२ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १३ गतेदेखि बुक क्लोज गरेको छ । असोज १२ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन । साधारण सभा, नक्साल ब्यांकेट, नाराणचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा २०७५/७६ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाबकिताब प्रतिवेदनमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

आगामी वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । कुनै उपयुक्त बैंक वा वित्तीय संस्थामा मर्जर वा एक्विजिसनमा जानु परेमा आवश्यक सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि हुनेछ ।

हाल सानिमाको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ छ । बोनस वितरणपछि पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्नेछ ।

असार मसान्तसम्म सानिमाले २ अर्ब २४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७३ पैसा छ ।

२०७६ असोज २६ गते प्रकाशित

वि.सं.२०७६ असोज २६ आइतवार १४:४२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...