आजदेखि खुलाउँदै छ लोकसेवा आयोगले नयाँ कर्मचारी भर्ना आह्वानको विज्ञापन, यस्तो छ तयारी

काठमाडौं । लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ । दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई सुचारु गर्दै आयोगले आज (बुधबार) विज्ञापन आह्वान गर्न लागेको हो ।

आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गतका झन्डै १ सय सहसचिव र ३ सय उपसचिव पदमा भर्ना आह्वान गर्न लागिएको छ । आयोजका प्रवक्ता एवं सहसचिव किशोरजंग कार्कीले मंगलबारसम्म सबै संख्याको टुंगो लगाएर बुधबार विज्ञापन प्रकाशन गरिने तयारी गरिएको जानकारी दिनुभयो । भर्ना आह्वान हुनेमा प्रशासन सेवा तर्फको संख्या बढी रहेको आयोगले जनाएको छ ।

यससँगै संघमा रिक्त रहका विभन्न ७ हजार कर्मचारी भर्नाको प्रक्रियासमेत सुरु हुने भएको छ । लामो समयदेखि भर्ना प्रक्रिया सुरु हुन नसक्दा केन्दीय सरकारका विभिन्न निकायमा नितिगत निर्णयदेखि सेवा प्रवाह समेत प्रभावित हुदैँ आएको छ ।

२०७६ असोज २९ गते प्रकाशित

२०७६ असोज २९ गते ०६:२४ मा प्रकाशित

You can share this post!

पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

पार्टी एकताको अन्तिम टुंगो र मन्त्रीमण्डल हेरफेरबारे नेकपा सचिवालय बैठक, यस्तो छ संकेत

Related posts