back
NMB ad

कारोबारको अन्तिम दिन नेप्सेमा झिनो अंकको सुधार

Kumari bank ad

काठमाडौं । सातामा कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । बिहीबार परिसूचक शून्य दशमलव ७१ अंकले बढेर १ हजार १ सय ३७ दशमलव ७५ अंक कायम भएको छ ।

बिहीबार १ सय ६० वटा कम्पनीको ९ लाख ९८ हजार कित्ता सेयर ३ हजार ५ सय ७८ पटक खरिद(बिक्री हुँदा कारोबार रकम भने १८ करोड २९ लाख ९४ हजार ९ सय रुपैयाँमा खुम्चिएको छ ।

सेन्सेटिभ परिसूचकमा शून्य दशमलव ५४ अंकको करेक्सनपछि २ सय ४९ दशमलव १२ अंकमा कायम भएको छ । बिहीबार होटल समूह, विकास बैंक समूह, उत्पादन समूह र अन्य समूहको उपसूचक क्रमशः १ दशमलव ८८, १० दशमलव १३, २ दशमलव ६९ र २ दशमलव ६ अंकले घटेको छ ।

सबैभन्दा बढी निर्जीवन बिमा समूहको उपसूचक ३६ दशमलव ८६ अंकले बढेको छ । कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेडको १ करोड ९९ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कमाउनेमा सानिमा इक्विटी फन्डका लगानीकर्ताले प्रतिकित्ता ८ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता छन । उनीहरुले प्रतिकित्ता ६ दशमलव २५ प्रतिशतका दरले गुमाएका छन ।

२०७६ असोज ३० गते प्रकाशित

वि.सं.२०७६ असोज ३० बिहीवार १५:४८ मा प्रकाशित

You can share this post!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२१

काठमाडौँ, ६ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:१६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:५८

फुङ्लिङ (ताप्लेजुङ), ६ वैशाख : ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र...

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...