सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनेको संख्या ८ हजार नाघ्यो

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने अन्तिम म्याद बिहीबार सकिएको छ ।

म्याद सकिएसँगै कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या ८ हजार पाँच सय नाघेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार ती प्रतिष्ठानका ९४ हजारभन्दा बढी योगदानकर्ता अर्थात श्रमिक कोषमा सूचीकृत भइसकेका छन ।बिहीबार मात्रै २ हजार ३ सय भन्दा बढी प्रतिष्ठान कोषमा सूचीकृत हुन आएका छन।

अन्तिम दिन पर्खेर सूचीकृत हुन आउनेहरुको संख्या ह्वात्तै बढेको ज्ञवालीले बताउनुभयो । तथ्यांक विभागका अनुसार ९ लाख भन्दा धेरै नीजि कम्पनी र त्यसमा आवद्ध ३० लाखभन्दा बढी श्रमिक रहेका छन ।

२०७६ कात्तिक ०१ प्रकाशित

२०७६ कार्तिक १ गते १४:३८ मा प्रकाशित

You can share this post!

सुई लगाएर बेहोस बनाइ इँटाभट्टामा लगेर जिउँदै खरानी पारे

सिभिल बैंकको नयाँ शाखा काँडाघारीमा

Related posts