back
NMB ad

यसकारण सूचिकृत भएन हिमाल दोलाखाको आइपिओ

Kumari bank ad

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ अझै सूचीकृत भएको छैन । कम्पनीले गत भदौ ५ गते सर्वसाधारण शेयरधनीलाई शेयर बाँडफाँट गरेको थियो ।

कम्पनीले सर्वसाधारमा कुल ७६ लाख ७२ हजार २१० कित्ता शेयर निष्कासन गरेकोमा १ लाख ५३ हजार ४४४ कित्ता शेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २५ हजार कित्ता म्युचुअल फन्डहरूलाई बाडफाटपछि बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरेको हो ।

कम्पनीले असार २५ गतेदेखि साउन २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । त्यस अवधिमा सर्वसाधारणबाट पूर्ण आवेदन नपरेपछि कम्पनीका सञ्चालक तथा प्रबन्धकहरूलाई समेत साउन २६ गतेदेखि २८ गतेसम्म आईपीओ विक्री गरिएको थियो ।

आईपीओ विक्री गर्ने जिम्मा लिएको ग्लोबल आईएमई क्यापिटलले सूचीकरणका काम भने कम्पनी आफैले गर्न जिम्मा लिएको जानकारी दिएको छ ।

प्रक्रियागत रूपमा पहिले नेपाल धितोपत्र बोर्डमा स्वीकृत गराई सूचीकरणका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा कागजात पेश गरेपछि नेपाल स्टक एक्सचेञ्जमा निवेदन दिनुुपर्नेछ ।

सीडीएसले हालसम्म पनि हिमाल दोलखाको सूचीकरण प्रक्रियाका लागि कागजात पेश नभएको बताएको छ । कम्पनीबाट सूचीकरणका लागि निवेदन प्राप्त भएमा नेप्सेले आवश्यक जाँचबुझ गरी सूचीकरण गर्न उपयुक्त देखिएमा ३० दिनभित्र सूचीकरण गर्नेछ ।

स्थानीय र सर्वसाधारणको आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. ८२ करोडबाट हाल रू. १ अर्ब ६० करोड पुगेको छ । कम्पनीले इलाममा ४ दशमलव ५ मेगावाटको माईखोला साना जलविद्युत् आयोजना र ८ मेगावाटको माई साना क्यास्केड जलविद्युत् आयोजना निर्माण गरी व्यापारिक उत्पादन गरिरहेको छ ।

माईखोला साना जलविद्युत आयोजनाबाट वार्षिक २ करोड ७५ लाख ३० हजार १५९ किलोवाट घण्टा विद्युत् उत्पादन तथा विक्री गरिने र माई साना क्यासकेड जलविद्युत् आयोजनाबाट वार्षिक ४ करोड ८३ लाख ५१ हजार २५५ किलोवाट घण्टा विद्युत् उत्पादन तथा विक्री गरिने नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ ।

८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत् आयोजनाको २०६९ चैत १४ गते विद्युत खरीदविक्री सम्झौता भएको थियो । २०७४ चैत १६ गतेदेखि व्यावसायिक उत्पादन शुरू गरेको यो आयोजना ३० वर्षसम्म बहाल रहनेछ ।

४ दशमलव ५ मेगावाट क्षमताको माईखोला साना जलविद्युत् आयोजनाबाट २०६६ माघ १ गतेदेखि व्यापारिक उत्पादन शुरू भएको हो । यस योजनाको विद्युत् उत्पादन अनुमतिपत्र बहाल रहने अवधि पनि ३० वर्षको रहनेछ ।

२०७६ कात्तिक ०३ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ३ आइतवार ०७:५२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...