शिखर इन्सुरेन्सले ३०% हकप्रद सेयर जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । शिखर इन्सुरेन्सले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । हाल शिखर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको छ ।

कम्पनीले यही पुँजीबाट ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।हकप्रदपछि पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ । असार मसान्त सम्ममा कम्पनीले ४७ करोड २९ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ७३ पैसा रहेको शिखरको प्रतिसेयर नेटवर्थ भने २५० रुपैयाँ १७ पैसा छ ।

२०७६ कात्तिक ०४ गते प्रकाशित

२०७६ कार्तिक ४ गते १०:५८ मा प्रकाशित

You can share this post!

संसारकै उचाइमा एनसेल बाह्रखरी गल्फ

३ अर्बको ऋणपत्र जारी गर्दै सनराइज बैंक

Related posts