back
NMB ad

२४ वाणिज्य बैंकले ल्याए महिलाका लागि छुट्टै बचत योजना, कुन बैंकले कति ब्याज दिन्छन् ?

Kumari bank ad

काठमाडौं । हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये २४ वटा वाणिज्य बैंकले महिलाका लागि छुट्टै बचत खाता योजना ल्याएका छन। ती बचत खातामा अन्यमा भन्दा केही प्रतिशत बढी ब्याजको अफर समेत बैंकले दिएका छन ।

वाणिज्य बैंकहरुले आर्कषण ब्याजदर सहित गृहिणी बचत खाता, नारी बचत खाता, सिर्जनशील महिला बचत खाता, पेवा बचत खाता, नारी बचत खाता, नारी स्वाभिमान बचत खाता, चेतनशील महिला बचत खातालगायतका विभिन्न नामका बचत खाता सञ्चालनमा ल्याएका छन ।

महिलाले घरपरिवारको सम्पूर्ण खर्च हेर्नुपर्ने तथा आर्थिक निर्णय आफै लिनुपर्ने भएकाले पनि कुन बैंक महिलाका लागि ल्याएको बचत खातामा कति ब्याज र सुविधा दिएको छ भनेर बुझेर ती बैंकमा खाता खोली बचत गर्न आवश्यक हुन्छ ।

माछापुच्छ्रे बैंक : माछापुच्छ्रे बैंकले न्यूनतम १०० रुपैयाँ बचतमा ४.५० प्रतिशत ब्याज दिएर पेवा बचत खाता योजना सञ्चालन गरिरहेको छ ।

ग्लोवल आईएमई बैंक : ग्लोवल आईएमई बैंक न्यूनतम १०० रुपैयाँ मौज्दातमा ४ प्रतिशत ब्याजदर तोकेर नारी बचत खाता योजना सञ्चालन गरिरहेको छ ।

सिटिजन्स बैंक : सिटिजन्स बैंकले न्यूनतम ५०० रुपैयाँमा मौज्दातमा ६.५० प्रतिशत ब्याज दिएर महिला बचत खाता योजना सञ्चालन गरिरहेको छ ।

लक्ष्मी बैंक : लक्ष्मी बैंकले शुन्य मौज्दातमा ३ प्रकारका बचत खाता महिलाका लागि लक्षित गरी सञ्चालन गरिरहेको छ । जसमा सुपर वुमन सेभिङ, धनलक्ष्मी बचत खाता र शक्ति बचत खाता छन् । बैंकले ३ वटै बचत खातामा ६.५० प्रतिशत ब्याज दिएको छ ।

मेगा बैंक :  मेगा बैंकले न्यूनतम ५०० रुपैयाँ मौज्दातमा सिर्जलनशील नारी बचत खाता सञ्चालन गरिरहेको छ । बैंकले उक्त बचत खातामा ६.५० प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंक :   सानिमा बैंकले शुन्य मौज्दातमा नारी बचत खाता सञ्चालन गरिरहेको छ । बैंकले सो बचत खातामा ५ प्रतिशत ब्याज दिइरहेको छ ।

सेञ्चुरी बैंक : न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा ६.५० प्रतिशत ब्याजदर तोकेर सेञ्चुरी बैकले सेञ्चुरी नारी बचत खाता योजना सञ्चालन गरिरहेको छ ।

एनआइसी एसिया बैंक : एनआइसी एसिया बैंक शुन्य मौज्दातमा ४.५ प्रतिशत ब्याज दिँदै नारी शक्ति बचत खाता योजना सञ्चालन गरेको छ ।

हिमालयन बैंक : न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा ४.५० प्रतिशत ब्याजदर तोकेर नारी बचत खाता योजना सञ्चालन गरिरहेको छ ।

एनसीसी बैंक : एनसीसी बैंकले १६ वर्षभन्दा माथिका महिलाका लागि न्यूनतम १०० रुपैयाँ मौज्दातमा ६.५० प्रतिशत ब्याजदर तोकेर महिला सुरक्षा बचत खाता योजना सञ्चालनमा ल्याएको छ ।

प्राइम बैंक :  न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा प्राइम बैंकले गृहलक्ष्मी बचत खाता योजना सञ्चालन गरिरहेको छ । बैंकले उक्त बचत खाताका लागि ६.५० प्रतिशत ब्याज दिएको छ ।

नेपाल बंगलादेश बैंक : नेपाल बंगलादेश बैंकले न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा गृहलक्ष्मी बचत खाता सञ्चालन गरिरहेको छ । बैंकले सञ्चालन गरेको उक्त बचत खाताको ब्याजदर भने ६.५० प्रतिशत छ ।

कुमारी बैंक : कुमारी बैंकले महिलाको लागि न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा शुभ लक्ष्मी बचत खाता योजना सञ्चालन गरेको छ । बैंकद्वारा सञ्चालित उक्त बचत खाताको ब्याजदर भने ५.५० प्रतिशत छ ।

सिभिल बैंक : सिभिल बैंकले न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा नारी बचत खाता योजना सञ्चालन गरिरहेको छ । बैंकले उक्त बचत खातामा ६.५० प्रतिशत ब्याजदर तोकेको छ ।

सिद्धार्थ बैंक : न्यूनतम ५ सय रुपैयाँ मौज्दातमा सिद्धार्थ बैंकले ५.५ प्रतिशत ब्याज दिएर नारी बचत खाता सञ्चालन गरिरहेको छ ।

कृषि विकास बैंक : कृषि विकास बैंकले न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा चेतनशील नारी बचत खाता योजना सञ्चालन गरिरहेको छ । बैंकले उक्त बचत खातामा ६ प्रतिशत ब्याज दिइरहेको छ ।

जनता बैंक : न्यूनतम १०० रुपैयाँ मौज्दातमा जनता बैंकले नारी स्वाभिमान बचत खाता सञ्चालन गरिरहको छ । बैंकले उक्त बचत खातामा भने ५ प्रतिशत ब्याज दिएको छ ।

सनराइज बैंक :  सनराइज बैंकले न्यूनतम १०० रुपैयाँ मौज्दातमा महिलाका लागि पिंक बचत खाता सञ्चालन गरिरहेको छ । बैंकले उक्त बचत खातामा ४ प्रतिशत ब्याज तोकेको छ ।

एभरेष्ट बैंक : एभरेष्ट बैंकले महिलाका लागि नारी बचत खाता योजना सञ्चालन गरिरहेको छ । बैंकद्वारा सञ्चालित उक्त बचत खातामा बचत गर्नका लागि उपत्यकाभित्रका महिलाले न्यूनतम ५ हजार रुपैयाँ मौज्दात र उपत्यका बाहिरका महिलाले २ हजार ५०० रुपैयाँ बचत गर्नुपर्ने छ । बैंकले उक्त बचत खाताको ब्याजदर भने ४ प्रतिशत तोकेको छ ।

एनएमबि बैंक : एनएमबि बैंकले न्यूनतम २ हजार रुपैयाँ मौज्दातमा ४.५० प्रतिशत ब्याज दिएर नारी सम्मान बचत खाता योजना सञ्चालन गरिरहेको छ ।

नविल बैंक : शुन्य बचतमा नविल बैंकले ३.७५ प्रतिशत ब्याजदर तोकेर नारी बचत खाता योजना सञ्चालन गरिरहेको छ ।

बैंक अफ काठमाण्डू : बैंक अफ काठमाडौंले न्यूनतम ५०० रुपैयाँ बचतमा ५.५ प्रतिशत ब्याजदर तोकेर गृहलक्ष्मी बचत खाता योजना सञ्चालन गरिरहेको छ ।

नेपाल एसबीआई बैंक : न्यूनतम ५०० रुपैयाँ बचतमा नेपाल एसबीआई बैंकले नारी बचत खाता सञ्चालन गरिरहेको छ । बैंकले उक्त बचत खाताको ब्याजदर ३.२५ प्रतिशत तोकेको छ ।

नेपाल बैंक : नेपाल बैंकले न्यूनतम ५०० रुपैयाँ बचतमा ६.५० प्रतिशत ब्याजदर तोकेर वुमन स्पेसियल सेभिङ एकाउण्ट सञ्चालन गरिरहेको छ ।

२०७६ कात्तिक ०५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ५ मंगलवार १०:२२ मा प्रकाशित

You can share this post!

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...