back
NMB ad

अस्थायी शिक्षकको विवरण पठाउन अन्तिम ताकेता

Kumari bank ad

काठमाडौं । पाउने सुविधाका लागि आवश्यक विवरण नपठाउने अस्थायी शिक्षकलाई विवरण पठाउन शिक्षा तथा मानव श्रोत विकास केन्द्रले अन्तिम ताकेता गरेको छ ।

शिक्षा विकास तथा समन्वय एकाइहरुलाई परिपत्र गर्दै केन्द्रले कात्तिक २० गते सम्मको म्याद तोकेको हो । हाल सम्म पनि केही जिल्लाका अस्थायी शिक्षकले सेवा सुविधा प्राप्त गर्न निवेदन नबुझाएको बुझिन आएको भन्दै केन्द्रले ताकेता सहितको म्याद उल्लेख गरेर परिपत्र गरेको हो ।

उक्त सुविधा पाउन योग्य शिक्षकको आवश्यक प्रमाणित कागजात रहेको व्यक्तिगत फाईल सहितको समष्टिगत विवरण विद्यालय शिक्षक कितावखानामा पठाउन केन्द्रले ताकेता गरेको जनाएको छ ।

तोकिएको विवरण सहितको फाईल कितावखानामा प्राप्त नभई सेवासुविधाबाट बञ्चित भएमा सम्बन्धित व्यक्तिनै जिम्मेवार हुने उक्त परिपत्रमा उल्लेख छ ।

शिक्षा ऐनको आठौं संशोधनले अस्थायी शिक्षक व्यवस्थापनको व्यवस्था गरेको आधारमा उनीहरुका लागि तोकिएको परीक्षाका प्रकृया सकिईसकेको छ । ऐनको दफा ११ मा अस्थायी शिक्षकले पाउने सेवासुविधाको व्यवस्था गरिएको छ ।

सो अनुसार ५ देखि १० बर्ष सेवागरेका शिक्षकलाई प्रत्येक बर्षको निमित्त आखिरी आधा महिनाको तलब, १० बर्ष भन्दा बढीकालाई एक महिनाको र १५ बर्ष भन्दा बढी सेवागरेकालाई प्रत्येक बर्षको निमित्त आखिरी डेढ महिनको तलब बराबरको रकम दिने व्यवस्था छ ।

२०७६ कात्तिक ०५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ५ मंगलवार १२:३९ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...