back
NMB ad

नेप्सेमा ४० कम्पनीले बुझाए नविकरण शुल्क, आजदेखि शेयर कारोबार बढ्ने !

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४० कम्पनीले आफ्नो कम्पनी नविकरण गराएका छन ।असोज मसान्तसम्म वार्षिक शुल्क नबुझाएको भन्दै नेप्सेले कारोबार रोक्का गरेपछि उनीहरुले कम्पनी नविकरण गरेका हुन ।

नविकरण गरेसँगै शेयर कारोबार पनि सुरु भएको छ । आर्थिक वर्ष सकिएपछि नेप्सेमा सुचिकृत हरेक कम्पनीले आफ्नो कम्पनी नविकरण गर्नुपर्छ ।

त्यसको लागि तीन महिनाको समयसिमा थियो । तर, समय सिमामा पनि नविकरण नगरेपछि असोज मसान्तपछि नेप्सेले कारोबारनै रोक्का गरिदिएको थियो ।

नेप्सेले गत हप्ता नविकरण नगरेका कम्पनीको सुची नै सार्वजनिक गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार नविकरण नगरेका कम्पनीको सूचीकरण तथा कारोबार स्थगीत गर्ने अधिकार नेप्सेलाई छ ।

कारोबार नै रोक्का गरेपछि मंगलबारसम्म ४० कम्पनीले नविकरण गरीसकेको नेप्सेले जनाएको छ । नेपाल टेलिकम, सोल्टी होटल, याक एण्ड यति, लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, चिलिमे पावर, अपि पावर लगायत कम्पनीको कारोबार रोक्का भएको थियो ।

अहिले यी सबै कम्पनी नविकरण भइसकेका छन । धितोपत्र सूचीकरण विनियमावलीअनुसार ५० करोड रुपैयाँ बरावरको शेयर सूचीकृत कम्पनीले नविकरण शुल्क वार्षिक ५० हजार र त्यसभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनीले एक लाख रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ ।

धेरै कम्पनीको नेप्सेमा नविकरण नभएपछि पछिल्लो केही दिनदेखि शेयर कारोबारमा पनि मन्दी आएको थियो । रोक्का भएका आधा भन्दा बढी कम्पनीले नविकरण शुल्क बुझाएर नविकरण गरेकाले आजदेखि भने शेयर कारोबार बढ्नसक्ने देखिएको छ ।

२०७६ कात्तिक ०५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ५ मंगलवार १३:०८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...