back
NMB ad

एनआरएनए र गाँउपालिका मिलेर जलविद्युत आयोजना निर्माण गर्दै

Kumari bank ad

काठमाडौं । पछिल्लो दिनमा स्थानीय निकाय डोजर किन्ने तथा आफूखुसी अन्य काममा लागेको भन्ने जस्ता आरोप लागिरहेको बेला खोटाङको एक स्थानीय तहले भने गैरआवासीय नेपालीसँग मिलेर जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

आयोजना निर्माण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । कूल ४ मेगावाट क्षमताको सो आयोजनामा खोटाङको ऐसेलखर्क गाउपालिकाले आयोजनाको कूल लागतको १० प्रतिशत रकम लगानी गर्ने भएको छ ।

आयोजनाको नाम भने मध्य रावाखोला रहेको छ । आयोजनामा संलग्नहरुका अनुसार गाँउपालिकाले कूल २ करोड ५० लाख लगानी गर्ने भएको छ ।

आइतबार आयोजना निर्माण गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनाको कूल लागत मध्ये बाँकी रहेको रकम गैर आवासीय नेपाली तथा अन्य लगानीकर्ताले लगानी गर्ने बताएका छन।

आयोजनाको सम्पूर्ण तयारीको काम समेत भइसकेको छ । अध्ययन समेत भइसकेको र छिट्टै निर्माण प्रक्रियामा जाने तयारी छ । आयोजना निर्माण हुने खबरले स्थानीयबासी समेत खुसी भएका छन ।

यसअघि सिन्धुलीको एक स्थानीय तहले समेत जलविद्युत् आयोजनामा लगानी गर्ने घोषणा गरेको थियो । सरकारले प्रस्ताव गरेको नयाँ विद्युत् ऐनमा समेत साना आयोजनाको अनुमतिपत्र तथा निर्माणको संयोजन स्थानीय तहले गर्न सक्ने व्यवस्था गरिएको छ । यद्यपी सो विधेयक छलफलको चरणमा नै रहेको छ ।

२०७६ कात्तिक ०५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ५ मंगलवार १३:२५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...