मानव सेवा आश्रम बागलुङलाई लायन्स क्लब अफ धौलागिरिको सहयोग

राजेशचन्द्र राजभण्डारी, बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखामा रहेका लक्ष्मी नारायणहरूलाई लायन्स क्लब अफ धौलागिरि बागलुङले कार्यक्रममा गरि १० हजार बराबरको सहयोग हस्तान्तरण गरेका छन ।

हामी सेवा गर्छौ भन्ने उदेश्य साथ गठन भएको अन्तर्रा्ष्ट्रिय सामाजिक संस्था लायन्स क्लबका सचिव गणेश महतोले आफ्नो स्वर्गीय श्रीमती सजना केसी स्मृतिमा आश्रममा शुद्ध तातोपानी चिसो पानी खान सहज बनाउने उदेश्यले एक थान हट एण्ड नर्मल वाटर डिस्पेन्सरी मानव सेवा आश्रमका लाई हस्तान्तरण गर्नुभयो ।

धौलागिरि अन्चलकै सबैभन्दा पुरानो क्लबको रूपमा स्थापित लायन्स क्लब अफ धौलागिरि बागलुङले सामाजिक सेवाको क्षेत्र र मानवीय क्षेत्रमा सहयोग गर्दै आएको लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपालका एडभाइजर लायन काजीमान गुरूङले बताउनुभयो ।

लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष राजन शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपालका एडभाइजर लायन काजीमान गुरूङले संचालन गर्नुभएको थियो ।

क्लबको सहयोग पछि मानव सेवा आश्रममा रहेका लक्ष्मी नारायणहरूलाई २४सै घण्टा शुद्ध तातोपानी चिसो पानी पिउन सहज हुने भएको छ ।

२०७६ कात्तिक ०५ गते प्रकाशित

२०७६ कार्तिक ५ गते १६:५० मा प्रकाशित

You can share this post!

यसकारण नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा मोटरसाइकल र ट्यांकर चलाउन नपाइने

हेर्नुहोस् ! भर्खरै फेरि सार्वजनिक भयो अधिकृत तहको नतिजा

Related posts