back
NMB ad

शिव श्रीको आइपीओमा झण्डै सात करोड बराबरको आवदेन

Kumari bank ad

काठमाडौं । शिव श्री हाइड्रोपावरको आइपीओमा मंगलबार (कात्तिक ५ गते) सम्ममा ६ करोड ९३ लाख ९७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १४ हजार ४१९ आवेदकबाट ६ लाख ९३ हजार ९७० कित्ताको लागि आवेदन परेको छ । अब २६ लाख ५७ हजार १७० कित्तामा आवेदन पर्न बाँकी रहेको देखिन्छ ।

पछिल्लो ५ दिनभित्र यो आइपीओमा ८२ हजार ९७० कित्तामा मात्र आवेदन परेको छ । असोज ३० गतेसम्म ६ लाख ११ हजार कित्ताका लागि मात्र आवेदन परेको थियो ।

यस आइपीओमा असोज २५ गतेबाट संस्थाहरुले पनि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । शिव श्री हाइड्रोपावरले असोज १६ गतेबाट ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता र सर्वसाधारणलाई छुट्याइएको २२ लाख १४ हजार ६ सय कित्ता गरी कुल ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

यसमध्ये २ लाख ६८ हजार ०९१ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । चालु आर्थिक वर्षमा शिव श्री आइपीओ बिक्री गर्ने पहिलो कम्पनी हो । यो आइपीओ अब कात्तिक १५ गतेसम्म भर्न सकिनेछ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।

२०७६ कात्तिक ०६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ६ बुधवार ०९:२० मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...