काठमाडौं । घाट सेवा केन्द्रका कर्मचारीले पशुपति आर्यघाटमा शव जलाउन नदिने भन्दै आन्दोलनको घोषणा गरेका छन । सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीले आन्दोलन गरेको जनाएका छन ।
उनीहरुले बुधबार बिहानैदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको ब्यानर आर्यघाट क्षेत्रमा राखेका छन ।
शव जल्न बन्द हुने स्थिति आएपछि पशुपति क्षेत्र विकास कोष र आन्दोलनरत पक्षबीच वार्ता भइरहेको जनाइको छ ।
२०७६ कात्तिक ०६ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक ६ बुधवार १२:२२ मा प्रकाशित