२०७६ कात्तिक ०६ गते प्रकाशित
काठमाडौं । चाबहिल–चुच्चेपाटी सडक खण्डमा पुरानो घर भत्काउने क्रममा दुईजना कामदार घाइते भएका छन् ।
पुरानो घर भत्काउँदै गर्दा घर ढलेर दुईजना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । घाइतेको दिर्घायु अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको एसएसपी सुवेदीले बताए ।
वि.सं.२०७६ कात्तिक ६ बुधवार १४:०४ मा प्रकाशित