back
NMB ad

डुइङ बिजनेस इन्डेक्समा नेपाल १६ स्थान माथि, यसवर्ष ६३ दशमलब २ अंक प्राप्त

Kumari bank ad

काठमाडौं । डुइङ बिजनेस इन्डेक्समा नेपाल १६ स्थान माथि उक्लिएको छ । गत वर्ष ११०औं स्थानमा रहेको नेपाल यस वर्ष ९४औँ स्थानमा उक्लिएको हो ।

१० सूचकाङ्कमध्ये नेपालले ५ मा सुधार गरेको छ । नेपालको अवस्था ३ सूचकाङ्कमा गिरावट र २ मा स्थिर रहेको छ । गत वर्ष नेपाल ५ स्थान तल खस्किएको थियो । अर्थमन्त्री युवराज खतिवडाले नेपालको स्तर खस्किएको विषयमा सार्वजनिक असन्तुष्टि जनाउनुभएको थियो ।

नेपालले यसवर्ष ६३ दशमलब २ अंक प्राप्त गरेको छ । यद्यपि सर्वाधिक आर्थिक सुधार गर्ने २० राष्ट्रमा नेपाल परेको छैन । उल्लेख्य सुधार गर्ने २० मुलुकमा भारत, पाकिस्तान, बंगलादेश, चीन छन ।

विश्व बैंकको यो चर्चित तर विवादास्पद अभ्यासले समग्र अर्थतन्त्रको गतिशीलता भने समेट्दैन । चार वर्षअघि १४२औं स्थानमा रहेको छिमेकी मुलुक भारत ६३औं स्थानमा उक्लिएको छ ।

दक्षिण एसियामा राम्रो आर्थिक उन्नति गरिरहेको बंगलादेश आज पनि पुछारतिर भेटिन्छ (१६८औं) भने श्रीलंका पनि नेपालभन्दा पछि छ ।

२०७६ कात्तिक ०७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ७ बिहीवार ०९:३२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...