back
NMB ad

प्रदेश ३ सरकारले १० जिल्लाका २२ हजार बढि घर निर्माण गर्ने, धादिङमा मात्रै ३३०

Kumari bank ad

काठमाडौँ । प्रदेश ३ सरकारले जनता आवास निर्माण कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा २२ हजार ४६ घर निर्माण गर्ने भएको छ ।

प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७६÷०७७ मा १० जिल्लामा घर निर्माण गर्ने भएको हो ।
उक्त कार्यक्रमका लागि सरकारले ४३ करोड बजेट विनियोजन गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर सुजन खतिवडाले बताउनुभयो ।

जनता आवास कार्यक्रम अन्तरगत चालू आर्थीक वर्ष भित्रमा मकवानपुरमा ६ सय ५०, चितवनमा ७ सय ६६, सिन्धुपाल्चोकमा ५०, काभ्रेमा ५०, दोलखामा ५०, सिन्धुलीमा ५०, रामेछापमा ५०, नुवाकोटमा २ सय, धादिङमा ३ सय ३० र रसुवामा ५० वटा घर निर्माण गर्ने योजनाका साथ सरकार अगाडी बढेको मन्त्रालयले जनाएको छ ।

संघिय सरकारले प्रदेशलाई जिम्मेवारी हस्तान्तरण गरे पछि प्रदेश सरकारले जनता आवास कार्यक्रमको कार्य्विधि नै बनार कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

मन्त्रालयका अनुसार २०७४ साउन २२ गतेभन्दा अगाडि छनोट भएका लाभग्राहीहरूले आवास कार्यक्रमबाट अनुदान प्राप्त गरेका छन । नेपाल सरकारले गरिब, दलित, लोपोन्मुख, सीमान्तकृत तथा विपन्न नागरिक लक्षित गरी जनता आवास कार्यक्रम ल्याएको हो ।

प्रदेश सरकारले हाल ३ किस्तामा आवास निर्माण रकम उपलब्ध गराउँदै आएको छ । लाभग्राही सूचीमा रहेकाहरूले कुल ३ लाख ५० हजार रकम अनुदान प्राप्त गर्नेछन । जनता आवास कार्यक्रम जनशक्ति अभाव, कार्य्विधि र कर्मचारी हेरफेरले गर्दा पनि प्रभावकारी बन्न सकेको छैन ।

संघ, प्रदेश र स्थानीय तहको संरचनापछि मन्त्रालयले समन्वय गर्ने काम गर्दै आएको आवास निर्माणका इन्जिनियर खतिवडाले बताउनुभयो । भौतिक मन्त्रालयले दिएको जानकारी अनुसार जनता आवास निर्माण कार्यक्रमको कार्य्विधि संशोधन गर्ने तयारी भइरहेको छ ।

२०७६ कात्तिक ०७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ७ बिहीवार १२:५२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...