back
NMB ad

माथिल्लो अरुणले ४९% शेयर आम जनतामा बिक्री गर्ने

Kumari bank ad

काठमाडौं । बुधबार मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइ मनत्रालय मातहतको विद्युत् विकास विभागले सर्वेक्षणको अनुमति दिएको माथिल्लो अरुण जलविद्युत आयोजनाले ४९ प्रतिशत शेयर आम जनतामा सेयर बिक्री गर्ने भएको छ ।

कूल १०६१ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त आयोजनालाई सरकारले नेपालको पानी जनताको लगानी कार्यक्रममा समावेश गरेको छ ।

सरकारले कूल २१ आयोजनालाई नेपालको पानी जनताको लगानीमा समावेश गरेको छ । ती आयोजना मध्ये माथिल्लो अरुण पनि एक हो ।

सो आयोजनाका लागि सर्वसाधारणबाट सेयर उठाउने तयारी छ । प्रतिमेगावाट लागत ११ करोड रुपैयाँ रहेको सो आयोजना थोरै आकर्षक आयोजना मध्यको एक हो ।

जनताको लगानी कार्यक्रममा समावेश भएको सो आयोजनाको स्वपूँजी मध्ये ४९ प्रतिशत लगानी जनताको शेयर मार्फत गरिनेछ । मन्त्रालयले आयोजनाको सर्वेक्षण अनुमतिपत्र दिएसँगै आयोजना निर्माणको बाटो खुलेको हो ।

सो आयोजनामा सर्वसाधारणको पनि सेयर रहने गरी कम्पनी ढाँचामा निर्माण गर्ने तयारी गरिएको छ । सरकारले आयोजना प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गर्न सहमति दिइसकेको छ ।

आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर रहनेछ । कूल ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋण लिने तयारीमा छ । स्वपूँजी मध्ये ४९ प्रतिशत सर्वसाधारण र बाँकी ५१ प्रतिशतमा पनि नेपाल विद्युत् प्राधिरकण लगायतको लगानी रहनेछ ।

यस्तै आयोजनाका लागि विश्व बैक, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी संचय कोष, नागरिक लगानी कोष जस्ता स्वदेशी वित्तीय संस्थाको रकम समेत परिचालन गर्ने योजना छ ।

सो आयोजनाको हाल विस्तृत अध्ययन भइरहेको छ । आयोजनाको कूल लागत १ खर्ब २० अर्ब हाराहारीमा हुने बताइएको छ । आयोजनाको निर्माण २०८३ को पुसभित्र सक्ने लक्ष्य राखिएको छ ।

२०७६ कात्तिक ०७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ७ बिहीवार १३:१७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...