back
NMB ad

स्थानीय तहमा १३ हजार कर्मचारीका लागि विज्ञापन खुलाउँदै

Kumari bank ad

काठमाडौँ । स्थानीय तहका लागि आवश्यक करिब १३ हजार कर्मचारी अब प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्ने भएको छ । प्रदेश लोकसेवा आयोग बन्ने क्रम जारी भएकाले स्थानीय तहका लागि आवश्यक करिब १३ हजार कर्मचारी सम्बन्धित प्रदेशले नै पूर्ति गर्ने भएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि आवश्यक कर्मचारी अब सङ्घीय लोक सेवा आयोगले पूर्ति नगर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता भूपाल बरालले भने, “गत जेठ १५ गते स्थानीय तहका लागि सङ्घीय सरकारले गरेको नौ हजार ६६१ विज्ञापित पद अन्तिम हो, अब स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्छन् ।”

जेठमा भएको विभिन्न पदको लोक सेवा आयोगबाट अहिले नतिजा आउने क्रम जारी छ । आगामी मङ्सिरभित्र विज्ञापन गरिएका नौ हजार ६६२ पद नै पूर्ति हुने बरालले बताए । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका लागि आवश्यक कर्मचारी प्रदेश लोक सेवा आयोगले पूर्ति गर्ने उल्लेख गरिएको छ ।

अहिले पनि मन्त्रालयमा ५५ वटा स्थानीय तहले करिब तीन सयवटा पदमा विज्ञापन गरी कर्मचारी पूर्ति गर्न निवेदन पठाएका छन् । प्रवक्ता बरालले भने,“उक्त स्थानीय तहले मन्त्रालयमा पठाएका विज्ञापनमा पनि सम्बन्धित प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्नेछन् ।”

कर्मचारी समायोजन ऐनपछि स्थानीय तहमा ठूलो सङ्ख्यामा कर्मचारी अपुग भएकाले यस वर्ष्भित्र सबै कर्मचारी पूर्ति गरिने मन्त्रालयले जनाएको छ । सरकारले स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्दा स्थानीय तहमा २३ हजार कर्मचारी अपुग हुने जनाएको थियो ।

सरकारले कर्मचारी समायोजन क्रममा भने तीनै तहमा गरी ९८ हजार ५६८ जना कर्मचारी समायोजन गरेको थियो । आजको गोरखापत्र दैनिकमा खवर छ ।

२०७६ कात्तिक ०९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ९ शनिवार ०७:५७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...