back
NMB ad

तीन विश्वविद्यालयमा शिक्षा मन्त्रालयले माग्यो उपकुलपतिको आवेदन

Kumari bank ad

काठमाडौं । शिक्षा मन्त्रालयले पोखरा, मध्यपशिचमञ्चल र सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको लागि उपकुलपति नियुक्तिका लागि योग्यता पुगेका व्यक्तिबाट आवेदन मागेको छ ।

मन्त्रालयले शनिबार सूचना जारी गरेर आवेदन मागेको हो । मन्त्रालयले यसअघि पनि प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न भन्दै पूर्वाञ्चल, कृषि तथा वन र नेपाल संस्कृत विश्वविद्यालयका लागि आवेदन मागेको थियो ।

विवरण पेश गरेका व्यक्तिको योग्यता र क्षमताको आधारमा सम्भावित व्यक्तिको नाम उपकुलपति नियुक्तिका लागि विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपि शर्मा ओलीलाई सिफारिस गरिने मन्त्रालयले जनाएको छ ।

तीनै वटा विश्वविद्यालयको कुलपतिको हैसियतमा प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने कानुनी व्यवस्था छ । उपकुलपति दावी गर्ने व्यक्तिले सात दिनभित्रमा विवरण पेश गर्न मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले नेपाल संस्कृत र पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष र सदस्यमा नियुक्तिका लागि पनि व्यक्तिगत विवरण पेश गर्न आह्वान गरेको छ ।अन्नपुर्ण पोष्टमा खबर छ ।

यसरी आहवान गर्ने व्यक्तिहरुमध्येबाट आन्तरिक रोष्टर तयार भएपछि सम्भावित व्यक्तिलाई उपकुलपति तथा सेवा आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरिनेछ ।

२०७६ कात्तिक ०९ गते प्रकाशित 

वि.सं.२०७६ कात्तिक ९ शनिवार १३:५७ मा प्रकाशित

You can share this post!

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...