back
NMB ad

बागलुङका सांसद र नेता एक्कासी किन पुगे प्रचण्ड निवासमा ?

Kumari bank ad

काठमाडौं । प्रतिनिधि, प्रदेश सभा र स्थानीय तहका रिक्त ५२ स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । बागलुङ क्षेत्र २ ‘ख’ का प्रदेश सांसद टेकबहादुर घर्तिको निधनपछि त्यहाँ पनि उपनिर्वाचन हुँदैछ ।

निर्वाचनको पूर्वसन्धायामा बागलुङ नेकपाका नेताहरु नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव विष्णु पौडेलसँग भेट गरेका छन ।

भेटका क्रममा उपनिर्वाचनमा चुनाव जित्ने उम्मेदारलाई सिफारिस गर्न पार्टी अध्यक्ष प्रचण्ड र महासचिव पौडेललाई आग्रह गरेका छन ।

बामपन्थीबीचमा सहकार्य र सम्वन्य गर्दै चुनाव जित्ने र त्यसक्षेत्रको विकास गर्ने उम्मेदारलाई सिफारिस गर्न पार्टी अध्यक्ष र महासचिवलाई आग्रह गरेका हुन ।

भेटका क्रममा उम्मेदारलाई पार्टीले सहयोग गर्नुपर्ने, चुवान जित्न सक्ने उम्मेदारलाई उठाउनुपर्ने लगायतका विषयमा छलफल केन्द्रीत भएको नेकपा स्थायी कमिटी सदस्य एवम् बागलुङ क्षेत्र २ का सांसद देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

केही दिन अघि नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग भेटवार्ता गर्नुभएको थियो ।

भेटवार्तामा बागलुङ क्षेत्र नम्बर २ ख मा राष्ट्रिय जनमोर्चालाई नेकपाले सघाउने सहमति भएको थियो । त्यसलगत्तै बागलुङका नेता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटन् खुमलटार पुगेको हुन् ।

भेटमा पार्टी अध्यक्ष प्रचण्डले त्यसविषयमा अध्यक्ष केपी ओलीसँग छलफल गर्ने बताउनुभयो । नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, संघीय सांसद मनकुमारी केसी, प्रदेश सांसद इन्द्रलाल सापकोटा, केन्द्रीय सदस्य बलावती शर्मा, नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे, जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुषाल, फमलाल निउरे लगायत नेता आइतबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

२०७६ कात्तिक १० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १० आइतवार १५:१८ मा प्रकाशित

You can share this post!

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...