back
NMB ad

३ लाख कित्ता सेयर लिलामीमा बिक्री गर्दै सुर्या लाइफ

Kumari bank ad

काठमाडौ । सूर्या लाइफ इन्स्योरेनसले कात्तिक २४ गतेदेखि ३ लाख ९ हजार ३०२ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

कम्पनीले हकप्रदमा बिक्री नभएका संस्थापकतर्फका २७ हजार ३८९.२ कित्ता र सर्वसाधारणतर्फको २ लाख ८१ हजार ९१२.८ कित्ता गरी ३ लाख ९ हजार ३०२ कित्ता सेयर लिलामीमा बिक्री गर्न थालेको हो ।

कम्पनीले गत भदौ ८ गतेदेखि असोज १२ गतेसम्म ८८ करोड ७४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री बिक्री खुल्ला गरेको थियो । हकप्रदमा सबै सेयर बिक्री नभएपछि बाँकी लिलामी बिक्री गर्न लागेको हो ।

कम्पनीले लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ । त्यसको लागि न्यूनतम मूल्यभन्दा बढी मूल्य तोकेर बोलकबोल पेश गर्नुपर्ने छ ।

आवेदकले न्यूनतम १०० कित्ता वा सोभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा बोलपत्र पेश गर्न सक्ने बताइएको छ ।

संस्थापकतर्फ अधिकतम सबै कित्ताको लागि र सर्वसाधारणतर्फ अधिकतम ५० हजार कित्तासम्मको लागि मात्रै आवेदन गर्न पाइने छ ।

बोलपत्र पेश गर्न इच्छुकले कम्पनीको सेयर बिक्री प्रवन्धक एनआईंसी एसिया क्यापिटल र सूर्या लाइफको वीरगन्ज, नेपालगन्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र इटहरी शाखामा मंसिर १ गतेसम्म आवेदन पेश गर्न पाइने कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत कात्तिक ७ गतेसम्म कम्पनीको सेयर प्रतिकित्ता २६५ रुपैयाँको सेरोफेरोमा कारोबार भइरहेको थियो ।

२०७६ कात्तिक ११ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ११ सोमवार १६:५३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...