काठमाडौं । ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान चयन भएका छन। कप्तान पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको हो ।
क्यानका सचिव अशोक नाथ प्याकुरेलले ज्ञानेन्द्रलाई कप्तानी दिएको बताउनुभयो । विगत एक दशकदेखि नेपाली क्रिकेट टिमको उपकप्तानी सम्हाल्दै आएका ज्ञानेन्द्रलाई क्यानले कप्तानको जिम्मेवारी दिएको हो ।
नेपाली टोलीको उपकप्तानमा भने दिपेन्द्र सिंह ऐरीलाई नियुक्त गरिएको छ ।
२०७६ कात्तिक १४ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक १४ बिहीवार ०८:२९ मा प्रकाशित