back
NMB ad

महरामाथि मुद्दा चलाउने नचलाउने टुंगो आज लाग्ने, यस्तो छ संकेत !

Kumari bank ad

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार नै अभियोगपत्र दायर हुन लागेको छ । बलात्कार प्रयासको आरोपसहित महराविरुद्ध अभियोगपत्र दायर गर्न लागिएको हो ।

प्रहरीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले महराविरुद्ध संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयासको आरोपसहित अभियोगपत्र दायर गर्न लागेको कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

महरा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो ।

गत असोज २८ गते जिल्ला अदालत काठमाडौंले महरालाई पहिलो पटक (पक्राउ परेदेखि १३ दिन) थुनामा राख्न म्याद दिएको थियो । त्यस्तै प्रहरीको अनुसन्धान नसकिएपछि कार्तिक ३ गते फेरि पाँच दिनको लागि म्याद थपिएको थियो ।

अनुसन्धान सकिएपछि प्रहरीले आइतबार प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलले आज नै महराविरुद्ध अभियोगपत्र दायर गर्न लागेको हो ।

प्राप्त प्रमाणहरूका आधारमा दोषी ठहर भएमा महराले कैद सजाय भोग्नुपर्नेछ । जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरेर कैद हुने व्यवस्था छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ ।

एउटा भिडियोमा महराले आफ्नो कोठामा आएर बलात्कार गरेको र अर्को भिडियोमा कोठामा आउँदै नआएको बताएकी ती महिलाले उजुरी दिँदा भने ’बलात्कार प्रयास गरेको’ भनेकी छन ।

अपराध शास्त्रमा यसलाई अपूर्ण अपराध (ष्लअजयबतभ यााभलअभ) भनिन्छ । यो भनेको ’अपराध पूरा नभएको तर प्रयास गरेको’ अवस्था हो । दफा ३४ मा यस्तो अवस्थामा आधा सजाय हुने व्यवस्था छ ।

बलात्कार कसुरमा ७ देखि १० वर्ष सजाय भएमा प्रयास गरेको अवस्था पुष्टि भएमा साढे ३ देखि ५ वर्ष सजाय हुन सक्छ ।

२०७६ कात्तिक १४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १४ बिहीवार ११:५७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...