back
NMB ad

कपिलवस्तु तनावग्रस्त, कर्फ्यू अवज्ञा गर्दा प्रहरीले गोली चलायो, १ जनाको मृत्यु

Kumari bank ad

काठमाडौं । कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा एकजनाको ज्यान गएको छ । ज्यान गएको प्रहरीले पुष्टि गरे पनि कसरी र कसको आक्रमणबाट ज्यान गएको हो भन्ने खुलेको छैन ।

तर प्रहरीको गोली प्रहारबाट एक २० वर्षीय युवकको ज्यान गएको बताइएको छ । यद्यपि प्रहरीले भने गोली चलेको पुष्टि गरेको छैन ।

लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयमा हिन्दू समुदाय र मुस्लीम समुदायबीच झडप भएपछि कपिलवस्तुको कृष्णनगरमा आज बिहान ११ अनिश्चितकालिन कर्फ्यू लगाइएको छ । दुई पक्षको विवादका बीच क्र्फयुमा समेत प्रदर्शन हुने अवस्थाका बीच गोली प्रहार भएको बताइएको छ ।

प्रहरीका अनुसार अहिले केही राउण्ड हवाई फायरसमेत गरिएको छ । बुधबार साँझ कृष्णनगर नगरपालिकाका वडा नम्बर १,२ र ३ का १३ वटा लक्ष्मीका मूर्ति विसर्जन गर्ने कार्यक्रम थियो ।

प्रहरीका अनुसार साँझ साढे ६ बजे कृष्णनगर नगरपालिका–२ झण्डेनगरमा मूर्ति भएको गाडी स्थानीय मुस्लिम समुदायका व्याक्तिहरुले रोक्न खोजेका थिए । त्यही विषयमा विवाद हुँदा दुवै पक्षबीच ढुङ्गा हानाहान समेत भएको थियो । प्रहरीका अनुसार बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिनका लागि २० सेल आश्रुग्यास प्रहार गरिएको थियो ।

मूर्तिलाई सुरक्षित राखिएको छ । मूर्ति कृष्णनगर–१ मा रहेको बढया पोखरीमा विसर्जन गर्ने कार्यक्रम थियो । विहीबार बिहान पनि अवस्था असामान्य बन्ने सम्भावना बढेपछि स्थानीय प्रशासनले कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा आज बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका कर्फ्यू जारी गरिएको हो ।

२०७६ कात्तिक १४ गते प्रकाशित

 

वि.सं.२०७६ कात्तिक १४ बिहीवार १२:१३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...